TodayPati

सप्तरीका थप २ जनामा कोरोना पुष्टि, प्रदेश २ मा संक्रमितको संख्या ३२६ पुग्यो

टुडेपाटी-
जनकपुरधाम, जेठ १४ गते ।

सप्तरीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीको बोदे बरसाइन नगरपालिकाका ४७ वर्षीय पुरुष र विष्णुपुर गाउँपालिकाका ३२ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ सय २६ पुगेको छ भने देशभरिरमा ८ सय ८६ पुगेको हो ।

Sponsored

बुधबार अपराहन्न ४ बजेसम्म पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ५६ जना कोरोना संक्रमित फेला परेका छन् । रौतहटमा ३५, बारामा ८, सप्तरीमा ११ जना र सिरहा जिल्लामा २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा रौतहटको चपुरन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका वृन्दावन नगरपालिकाका ७ जना, इशानाथ नगरपालिकाका १६ जना, गौर नगरपालिकाका ८ जना, कटहरिना नगरपालिकाका २ जना र देवाही गोनही नगरपालिकिाका २ जनामा गरी ३५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार संक्रण पुष्टि भएका सबै भारतको विभिन्न स्थानमा मजदुरी गर्न गएर घर स्वदेश फर्किएकाहरु रहेको रौतहटका स्वास्थ्य कार्यालय प्रमुख महेश साहले बताए ।

यस्तै बाराको पचरौता नगरपालिका वडा नं. १ को क्वारेन्टाइनमा एकजना महिला सहित ८ जनामा कोरोना पुष्टि भएको छ । जस मध्ये एकजना रौतहट जिल्ला घर भइ सो क्वारेन्टाइनमा काम गर्ने स्वास्थ्यकर्मी रहेका छन् भने अन्य सबै भारतबाट आएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

Sponsored

सप्तरीका फेला परेका ११ जना संक्रमित बलान बिहुला गाउँपालिका १७ वर्षीय महिला र २९ वर्षीय पुरुष, बोदेवर्र्साई नगरपालिकामा १८ वर्षका एकजना,१९ वर्षका २ जना, २० वर्षका २ जना,२१,२८ र ५१ वर्षका तीनजना, सुरुंगा नगरपालिकाका २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सप्तरीमा फेला परेका संक्रमित अधिकांश भारतबाटै आएका छन् ।

यस्तै सिरहामा पुष्टि भएका दुबैजना जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत्त सुरक्षाकर्मी रहेका छन् । दुबैजना जिल्ला प्रहरी उपरीक्षकका एकजना सुरक्षा गार्ड र अर्का सवारीचालक रहेको जनाइएको छ ।
प्रदेश भरिमा आजसम्म भेटिएका ३ सय २६ कोरोना संक्रमित मध्ये ९३ जना उपचार पश्चात कोरोनामुक्त भएर घर फर्केका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *