TodayPati

सर्लाहीमा पोखरीमा डुबेर बालिका सहित २ जनाको मृत्यु

टुडेपाटी-
सर्लाही, जेठ १२ गते ।

सलाहीको छुट्टाछुटै ठाउँको पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ
। सर्लाहीको चन्द्रनगर र बरबरियामा पोखरीमा डुबेर एक युवक र बालिकाको मृत्यु भएको हो ।

सर्लाहीको बसबरिया गाउँपालिका–४ गोनर्वाका वीरु पासवानकी चार वर्षकी छोरी लालमुनी पासवान रहेको प्रहरीले जनाएको छ । घरनजिकै रहेको राम जानकी मन्दिरको पोखरीमा बालिका डुबेको स्थानीयले जानकारी दिए । बालिकाको शव परीक्षणपश्चात परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै चन्द्रनगर गाउँपालिका–६ कामद्मा पोखरी डुबेको अवस्थामा एक युवकको शव फेला परेको छ । सोही स्थानका दुलार मुखियाको पोखरीमा डुबेको अवस्थामा युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । शवको सनाखत गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *