TodayPati

धनुषामा क्वारेन्टाइनमा खटिएका दुइ प्रहरीमा कोरोना संक्रमण

टुडेपाटी
जनकपुरधाम, जेठ १२ गते ।

धनुषामा दुइजना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नगराइन नगरपालिकास्थ्ति ईलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत भइ प्रादेशिक क्वारेन्टाइन गंगुलीमा समेत खटिएका एकजना असइ र एक प्रहरी जवानमा संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषराज निरौलाले जानकारी दिए ।

Sponsored

उनका ४५ वर्षीय असइ र ३१ वर्षीय प्रहरी जवान दुबैजनामा कुनै लक्षण देखिएको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले सोमबार एकैपटक ७२ जना कोरोना संक्रमित पुष्टि गरेकामध्ये दुइजना प्रहरी र एकजना नगराइन नगरपालिका ३ फुलगामाका ३० वर्षीय पुरुष रहेका छन् ।

ती पुरुष गएको जेठ ६ गते भारतस्थित नयाँ दिल्लीबाट आएका थिए ।
जेठ ७ गते तीनैजनाको स्वाब संकलन गरी परिक्षणकालागि पठाइएको थियो ।

प्रादेशिक क्वारेन्टाइन गंगुलीमा लगातार ५ जनामा संक्रमण पुष्टि भएपछि क्वारेन्टाइन सिल गरी उनीहरुको स्वाब संकलन गरिएको थियो ।

Sponsored

प्रादेशिक क्वारेन्टाइनमा मात्र ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइन शिल गरी आज क्वारेन्टाइनमा बसेका ८१ जनाकै स्वाब संकलन थालिएको क्वारेन्टाइन संयोजक ठाकुरले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *