TodayPati

प्रदेश २ : फेरी थपिए एकजना कोरोना संक्रमित

टुडेपाटी
जनकपुरधाम, जेठ ८ गते ।

प्रदेश २ मा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दै गएको छ । आज फेरी बाराको पचरौता नगरपालिका वडा नम्बर १ का एक जना युवकमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

भारतको दिल्लीबाट केहीदिन अघि आएर क्वारेन्टाइनमा बसेका ३० वर्षीय युवकमा बिहीबार कोरोना भाइरस फेला परेको हो ।

Sponsored

भारतको दिल्लीबाट नेपाल आउने क्रममा सिमावर्ती आदापुरमा भारतीय प्रहरीले रोकेर सोही ठाँउमा रहेको क्वारेन्टाइनमा राखेको थियो । सोही क्रममा भारतीय प्रहरीले सो युवकको स्याब संकलन गरेको थियो ।

युवकमा पीसीआर रिपार्ट पोजेटिभ देखिएको भारतीय सुरक्षाकर्मीले आजै जानकारी दिएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन् ।

पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती गाँउ निवासी बर्ष ३० का ती युवकलाई पछिल्लो केहिदिन देखि पचरौता कोरेन्टीनमा राखिएको थियो ।

Sponsored

बिहीबार बिहान भारतीय प्रहरीले ती युवकलाई कोरोना पुष्टि भएको र छुट्टै राख्नु भनि जानकारी दिएपछि उनलाई कलैया अस्पतालमा आइसोलेसन वार्डमा ल्याउन एम्बुलेन्स पठाइसकेको प्रवक्ता मिश्राले जानकारी दिएका छन् ।

भारतमा चेकगर्दा पोजिटिभ आएपनि अधिकारिक रुपमा फेरि पीसीआर चेक गर्नुपर्ने प्रहरी प्रवक्ता तथा डिएसपी गौतम मिश्राले बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *