TodayPati

लकडाउनमा सांसदको गाडी प्रहरीले पक्राउ गरेको विरुद्धमा जनकपुरमा प्रदर्शन, १५ युवा पक्राउ

टुडेपाटी-
जनकपुरधाम, जेठ ८ गते ।

लकडाउन उलंघन गर्दै प्रदर्शनमा उत्रेका जनता समाजवादी पार्टीका १५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जनता समाजवादी पार्टीका प्रदेश सांसद अशोक यादवको पक्षमा पदर्शनमा उत्रेका १५ जनालाई बिहीबार दिउँसो जनकपुरबाट पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

केहि दिन अघि लकडाउन उलंघन गरी गाडी चलाउँदा सर्लाहीका जनता समाजवादी पार्टीका प्रदेश सांसद यादवको गाडी प्रहरीले जनकपुरको भानुचोकबाट नियन्त्रणमा लिएको थियो । सो क्रममा प्रदेश सांसद यादवले प्रहरीलाई ‘मलाई तिनीहरु चिन्दैनौं ? म को छु लगायतको शब्द प्रयोग गरी धाकधम्की देखाउँदै अपमान गरेका थिए ।

Sponsored

सोहि विषयको समाचार केहि सञ्चार माध्यममा आएपछि प्रहरी र मिडियाको विरोधमा जनता समाजवादी पार्टीका युवा नेता नविन यादवको नेतृत्वमा केहि युवाहरु समुह बिहीबार जनकपुरमा प्रदेर्शनमा उत्रेका थिए । उनीहरु विभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरिरहेको बेला प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रखेको छ ।
स्रोतका अनुसार ती युवाहरुलाई प्रदेश सांसद यादवले आफ्नो रिसीवी साध्न लकडाउनमै प्रदर्शनमा उतारेका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “लकडाउनमा सांसदको गाडी प्रहरीले पक्राउ गरेको विरुद्धमा जनकपुरमा प्रदर्शन, १५ युवा पक्राउ

  • May 21, 2020 at 11:00 am
    Permalink

    केही नेता,मन्त्रीले गर्दा प्रदेश नं. 2 ,दुई नं.प्रदेश भएकाे छ ।गरिब जनतालाई बलपूर्वक लकडाउनकाे पालन गर्न लगाउने तर केही नेता,मन्त्री ,र कर्मचारीले विना काम छाडा पशुझै डुल्दै चाैक सम्म दिनकाे कयाै पटक गई लकडाउनकाे घजिया उडाउने याँहा सम्मकि गाडीमै चढेर सान देखाउन पछि नपर्ने र प्रहरीले गाडी समाउँदा युवालाई उस्काएर नारा जुलुस समेत गर्न लगाउनाले प्रदेशकै बदनामी भएकाे छ नेता,मन्त्री ,कर्मचारी ,लकडाउनमा हिडदाँ कराेना नसर्नेआम जनता हिडदाँ सर्ने हुन्छ कि कसाे?दिनहुँ आवश्यक कामले हिडदा आम जनताकाे गाडी खाेसिएकाे छ ।खाेेे ई त युवाकाे आवाज ,नारा -जुलुस यिनी जनताका लागि काम गय्रा हुन कि नेताका लागि र नेताले जनताका लागि काम गय्रा हुन कि आफ्नाे लागि देशमा जनता भन्दा ठुलाे काेही छैन ,न नेता न मन्त्री ,न कर्मचारी त्यसैले जनतालाई लागू हुने जुन सुकै नियम र कानुन सबैलाई लागू हुन्छ यी मालिक मानसिकताका नेताले कहिले बुझ्ने जनता मालिक हुन वाँकी सवै उसका सेवक जति छिटो बुझे त्यति बेश भुलभुलैया बढी समय चल्नेवाला छैन सबैमा सद बुद्धि हास।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *