TodayPati

प्रादेशिक अस्पताल जनकपुरमा डाक्टरले आफ्नै रगत दिएर अपरेसन गरी बचाए महिलाको ज्यान

टुडेपाटी-
जनकपुरधाम, साउन ३२ गते ।

प्रादेशिक अस्पताल जनकपुरमा एक गम्भीर अवस्थामा रहेकी महिलाको ज्यान डाक्टरहरूको टोलीले आफ्नै रगत दिएर सफल शल्यक्रिया गरी बचाउन सफल भएका छन् ।

धनुषाको सबैला नगरपालिका वडा नं. ७ मखनाहाकी ३० वर्षीया हसिना खातुन, ६ महिनाको गर्भमै शिशुको मृत्युपछि गम्भीर रक्तश्राव भएर शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन् । उनको अवस्थालाई मध्यनजर गर्दै डा. राजदेव महतो नेतृत्वको टोलीले शल्यक्रियाका लागि पाँच पोकासम्म रगत चढाएका थिए ।

Sponsored

शनिबार डा. महतोको नेतृत्वमा पाँच घण्टा लामो शल्यक्रिया सम्पन्न भयो, जसमा हसिनाको पाठेघर समेत झिक्नुपरेको थियो । शल्यक्रियामा डा. चन्द्र रेखा ईसार, डा. पिंकी साह, डा. जीतेन्द्र कुमार साह, डा. स्वेच्छा कार्की, डा. नितु झा र डा. विमलेन्द्र चौधरीले सहभागि भएका थिए । एनेस्थेसियाका लागि डा. अमित कर्णले सहयोग गरे ।

हसिनालाई अहिले आइसियुबाट जेनरल वार्डमा सारिएको छ । विपन्न परिवारकी हसिनाका तीन सन्तान छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *