TodayPati

भारतको स्वतन्त्रता दिवस जटही नाकामा झण्डा फहराएर मनाइयो

टुडेपाटी-
जनकपुरधाम, साउन ३१ गते ।

भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा धनुषाको जटही सीमा पोस्टमा झण्डा फहराइएको छ । धनुषाको जटही सीमा नाका स्थित सशस्त्र सीमा बल जटही पिपरौन चेक पोस्टमा झण्डा फहराएर स्वतन्त्रता दिवस मनाइएको हो ।

सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालय, अस्पताल, प्रहरी चौकी, हाईस्कुल, बैंक, हुलाक कार्यालय, इन्स्पेक्टरको कार्यालयलगायत सरकारी तथा गैरसरकारी कार्यालयमा झण्डा फहराउने कार्यक्रम मनाइएको हो ।

Sponsored

सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालयका प्रमुख सुनिल दत्तको अध्यक्षतामा भएको झण्डोत्सव कार्यक्रममा नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष तथा राष्ट्रिय मुक्ती क्रान्ति अभियानका नेता राजीव झा र बाहिनीका प्रमुख इन्सपेक्टर दत्तले संयुक्तरूपमा नेपाल भारतको सीमा जटहीमा भारतको झण्डा फहराइएको थियो ।

उक्त कार्यक्रममा नेपालको तर्फबाट नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष डा राजीव झा, नेपाल प्रहरीका वरिष्ठ सई सुरेन्द्र खेरवार, सशस्त्र प्रहरी सई शिव खवास र भारतको तर्फ बाट सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालयका प्रमुख इन्स्पेक्टर सुनिल दत्त, जयनगर कार्यालयका इनस्पेक्टर अंकुर मिश्रका साथै एल सी एस पिपरौन कार्यालयबाट सञ्जय कुमारको उपस्थिती रहेको थियो ।

नेपाल र भारतको पौराणीक नाताका साथै छिमेकी देश रहेकै कारण नेपालबाट पनि भारतलाई शुभकामना दिनेको ओइरोनै लागेको हुन्छ ।

Sponsored

यस अवसरमा, भारतले नेपाल स्थित विभिन्न संघसंस्थाहरूलाई एम्बुलेन्स र स्कुल बस प्रदान गर्दै सहयोग गरेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *