TodayPati

जनसंख्याको आधारमा मन्त्रीपरिषद हुनुपर्छ : पूर्वमन्त्री महेन्द्र यादव

टुडेपाटी-
जनकपुरधाम, साउन ३१ गते ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले विकासको सन्तुलित प्रवाह सुनिश्चित गर्न जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र र सांसद मात्र होइन, मन्त्रीपद पनि छुट्याइनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीबार जनकपुरधाममा आयोजित भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत मैत्री युवा संघ धनुषाले आयोजना गरेको भारतको स्वतन्त्रता आन्दोलनमा नेपाली नेताहरुको भुमिका विषयक विचार गोष्ठीमा बोल्दै पूर्वमन्त्री समेत रहेका यादवले यस्तो बताएका हुन् ।

Sponsored

‘१५ लाख जनसंख्या भएको कर्णाली र ६१ लाख जनसंख्या भएको मधेशमा एकै किसिमको मन्त्री परिषद् गठन गर्नु मूर्खता हो’, उनले भने ।

मधेशी नेताहरूले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र प्रतिनिधित्वको कुरा जोडदार रूपमा उठाउने गरे पनि, जनसंख्याका आधारमा मन्त्रीपद पनि मधेशमा सोही अनुपातमा हुनुपर्ने कुरा भने स्पष्ट रूपमा नउठेको उनको भनाइ छ ।

यादवले मधेशमा संविधानको मर्म र परिधिभित्र रहेर विस्तार गरिएको मन्त्री परिषद्को बचाउमा मधेशी नेताहरूको मौनता शासकलाई खुसी पार्न मात्र गरिएको आरोप लगाए । उनले मुख्यमन्त्रीलाई मन्त्री परिषद्को पुनः विस्तार गर्न आग्रह समेत गरे ।

Sponsored

वर्तमान कांग्रेस–एमाले सरकार निर्वाचनसम्म चल्ने र त्यसपछि सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने संभावना रहेको उनले उल्लेख गरे । देशका सबै क्षेत्र र निकाय समावेशी हुनुपर्नेमा उनको जोड छ ।

नेपाल–भारत मैत्री युवा संघ धनुषाका अध्यक्ष बजरंग यादवको अध्यक्षता तथा पूर्वमन्त्री यादवको प्रमुख आतिथ्यमा भएको विचारगोष्ठीमा जसपा नेपाल मधेशका प्रमुख सचेतक रामअशिष यादव, प्रध्यापक डा. भोगेन्द्र झा, मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी, काँग्रेसका महोत्तरी सभापति नागेश्वर यादव, काँग्रेस धनुषाका उपसभापति गणेश झा, बटेश्वर गाउँपालिका ४ का वडाध्यक्ष शिवकरण यादव, क्षिरेश्वरनाथ नगरपालिका २ का वडाध्यक्ष देवु यादव, वडा नं. १० का वडाध्यक्ष रामपदार्थ यादव, मिथिला विहारी नगरपालिका वडाध्यक्ष ललित झा, जनकपुरधाम उपमहानगरपालिका ९ का वडाध्यक्ष प्रमेश्वर साह, वडा नं. १३ का वडाध्यक्ष जितबहादुर राउत लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *