TodayPati

आज साउनको अन्तिम सोमबारी, शिवालयहरुमा भक्तजनको घुइँचो


टुडेपाटी-
जनकपुरधाम, साउन २८ गते ।

आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि धुमधामसित मनाइँदै छ ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।

Sponsored

धनुषा जनकपुरको शिव मन्दिर, कपलेश्वर महादेव, क्षिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वर महादेव, टुटेश्वर महादेव, धनुषा बटेश्वरको बटेश्वर महादेव लगायत शिवालयहरुमा बिहानैदेखि पूजापाठ तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ती हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *