TodayPati

मन्त्रीले दिए गलत सूचना, नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु भएको छैन

टुडेपाटी
जनकपुरधाम, जेठ ७ गते ।

नेपालमा कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको समाचार सत्य नरहेको बताइएको छ । क्रिमसन अस्पतालले आफूकहाँ उपचाररत एक बिरामीको मृत्यु भएको भन्दै प्रकाशित समाचार गलत र भ्रामक भन्दै समाचारको खण्डण गरेको हो ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उक्त व्यक्तिको मृत्यु भएको सूचना दिएपछि टुडेपाटी लगायतका संचारमाध्यमले उक्त समाचार प्रकाशन गरेको थियो । मन्त्री बरालले भनेका थिए, ‘ ‘१५ मिनेट भयो उहाँको मृत्यु भएको खबर आएको। थप कुरा बुझ्ने काम भइरहेको छ।’

Sponsored

गुल्मी जिल्ला निवासी पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिई आएका र उनलाई सर्वप्रथम डाइग्नोसिस सेप्सिस विथ एमओडिएस ९मल्टी अर्गान डिस्फंसन सिन्ड्रोम० भई उपचार अगाडि बढाउने क्रममा कोरोना संक्रमणको स्क्रिनिङका लागि पिसिआर परीक्षणका लागि नमुना पठाइएको र उनमा कोरोना पोजेटिभ देखिएको भए पनि मृत्यु भने नभएको अस्पतालले स्पष्ट पारेको छ।

‘केही सामाजिक सञ्लाल तथा सञ्चार माध्यममा बिरामीको मृत्यु भएको भन्ने गलत, भ्रामक र अतिरञ्जित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धममा गलत समाचारको पछि नलाग्नुहुन’ अस्पतालले सबैमा अपिल गरेको छ।

बिरामीको अस्पतालको आइसियू कक्षमा भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको र निजको अवस्था गम्भीर रहेको जानकारी पनि अस्पतालले गराएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *