TodayPati

सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, असार १८ गते ।

सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका -३ खोरियाटोलका शुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल र उनकै भान्जा करिब ८ वर्षीय आशिष मण्डल छन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार हिजो सोमबार दिउँसो करिब १ बजेदेखि खेल्ने क्रममा  दुवै बालक हराएका थिए ।
साँझ ५ बजे तिर प्रहरीलाई खबर आएपछि खोजबिन गर्दा आज मंगलबार बिहान साढे ८ बजेतिर स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेको डिएसपी सापकोटाले बताए ।

 प्रहरीले शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *