TodayPati

मधेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

टुडेपाटी

जनकपुरधाम , असार १७ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिइएको छ ।

Sponsored

मंगलबार प्रदेशको सुरक्षा व्यवस्थाबारे जानकारी लिने उद्देश्यका साथ जनकपुरधाममा बोलाइएको बैठकमा उनले सो निर्देशन दिइएका हुन् । मुख्यमन्त्री सिंहले प्रदेशका आठै जिल्लाका प्रहरी प्रमुखलाई मधेशमा चोरी, डकैटी जस्ता घटनाहरुलाई न्यूनिकरण गर्न राती गस्ती खटाउन र तस्करीलाई रोकथाम गर्न निर्देशन दिइएको हो ।

प्रदेशमा बढ्दो महिला हिंसा,अपराधिक कृयाकलाप, आत्महत्या लगायतका घटनालाई रोकथाम गर्न प्रहरीको विशेष भूमिका रहेकोले यस्ता कृयाकलपा रोक्न समाजमा जनचेतना फैलाउन पनि आग्रह गरे ।

सुन्दर र शान्त मधेश प्रदेशको कल्पना गरे बमोजिमको अगामी कार्ययोजना बनाउन पनि मुख्यमन्त्री सिंहले प्रहरी अधिकारीहरुसँग सुझाव लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रहरी अधिकारीहरुले पनि आफ्नो अगामी योजनाबारे मुख्यमन्त्रीलाई जानकारी गराएको थियो ।

Sponsored

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले प्रदेशको सुरक्षा व्यवस्थाहरू बारे व्रिफिङ्ग गरेको थियो ।

बैठकमा प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोखरेलसहित मधेश प्रदेशका आठवटै जिल्लाका सुरक्षा निकायको प्रमुखहरुको उपस्थिति रहेको मुख्यमन्त्री सिंहको सचिवालयले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *