TodayPati

मटिहानीमा आगलागीले सयभन्दा बढी घर जलेर नष्ट, पीडितहरुद्वारा सहयोगको लागि अपिल

सामाजिक फीड-
जनकपुरधाम, वैशाख १२ गते ।

महोत्तरीको मटिहानी नगरपालिकामा भएको भीषण आगलागी ६ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीले सयभन्दा बढी घर जलेर खरानी भएको छ । मटिहानी नगरपालिका ६ जरलहवागाछी टोलमा दउँसो १ बजे एउटा घरबाट सल्केको आगोले वस्ती चपेटामा परेको थियो । तातो हावा चलेको कारण आगो नियन्त्रण गर्न कठिन बनेको थियो ।

धनुषा, महोत्तरी र भारतीय गरी १० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ६ घण्टापछि आगो नियन्त्रणमा आएको हो ।

Sponsored

धनुक, मुस्लिम, पासवन, मलाह, बिन लगायतको विपन्न वस्तीमा काठ र माथि एलिवेस्टरले छाएको घर थियो ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले अहिलेसम्म ९२ घर जलेको विवरण संकलन भएको र थप संकलन गर्ने काम भइरहेको बताए । आगलागीमा मानवीय क्षति नभएपनि ५ वटा बाख्रा र दुईवटा सुँगुर जलेर मरेको डिएसपी जयसवारले बताए ।

बस्ने घर जलेपछि उनीहरु बिचल्लीमा परेका छन् । उनीहरुले सहयोगको लागि अपिल गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *