सप्तरीको महादेवा गापा १ द्वारा साढे ४ सय विपन्न परिवारलाई राहत वितरण
शुभ नारायण यादव-
सप्तरी, जेठ ५ गते ।
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर– १ वडा कार्यालयले सोोमबार वडा कार्यालय पकरीमा दलित,विपन्न,असहाय परिवारका ४ सय ५० परिवारलाई राहत बितरण गरेको छ ।
जिल्लाकाे महादेवा गाउँपालिका वडा न.– १ पकरीमा आर्थिक रुपले विपन्न रहेका दलित,विपन्न,असहाय परिवारका ४ सय ५०परिवारलाई राहत बितरण गरिएको हो । दलित,विपन्न,असहाय भित्रका कतिपय परिवारलाइ यो लामो चलेको लकडाउनमा खान लाउन समस्या भए पछि महादेवा गाउँपालिकाले दलित,विपन्न,असहाय व्यक्तिहरुलाई मदत पुग्ने अभिप्रायले यो राहत बितरण गरिएको महादेवा गापा –१ का वडाध्यक्ष जयश्वर किशोर दासले बताउनु भयो ।
महादेवा गाउँपालिकाले उपलब्ध गराएको राहत सामग्रीको रुपमा चामल १५ किलो, दाल २ किलो, खानेतेल १ लिटर, नून १ किला दिईएको वडाध्यक्ष दासले बताउनु भयो ।
गाउँपालिकाले राहत वितरण ढिलो भए पनि दोश्रो लटमा दलित,विपन्न,असहाय भित्रका कतिपय परिवारलाइ यो लामो चलेको लकडाउनमा खान लाउन समस्या भएकोलाई केही राहत पुग्ने नेकपाका दल प्रतिनिधि जय नारायण यादवले बताउनु भयो ।
सो अवसरमा वडा सचिव शिव कुमार मण्डल, नेकपाका दल प्रतिनिधि जय नारायण यादव, नेकाँका महमद मुसलिम ,सजपाका बौवालाल यादव, राजपाका योगेन्द्र यादव ,वडा सदस्य कमल प्रसेला, प्रहरी कार्यालय पकरीका प्रमुख बिर बहादुर कार्की,पत्रकार देवराम यादव, भगतलाल यादव,,सुनिल मण्डल,शसस्त्र प्रहरीका प्रतिनिधि लगायतको उपस्थिती रहेकाे थियो ।