TodayPati

धनुषाका कोरोना संक्रमित युवक आफन्तको उपचारकालागि काठमाडौं गएको खुलासा

नितेश यादव-
जनकपुरधाम, जेठ ५ गते ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको धनुषाका कोरोना संक्रमित व्यक्ति लक्ष्मीनीया गाउँपालिका ४ अरेर्बाका २८ वर्षीय पुरुष रहेको खुलेको छ ।

अन्दाजी २० दिन अगाडि उनी आफन्तका उपचारका लागि काठमाडौं गएका थिए र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परीक्षण गराएपछि संक्रमित भएको संक्रमित युवकले टुडेपाटीलाई जानकारी दिए । अहिले पनि उनी काठमाडौंमै रहेको छ ।

Sponsored

त्यसैगरी सोमबार मात्रै ६२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको सङ्ख्या ३५७ पुगेको छ । त्यसमध्ये धनुषामा मात्रै संक्रमितको संख्या ७ पुगेको हो ।

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *