TodayPati

प्रदेश २ : प्रेस लेखेर घुम्दै गरेको मोटरसाइकलमा दुइ वटा पेस्तोल र गोली सहित दुई पक्राउ

टुडेपाटी-

सर्लाही, जेठ ४ गते ।

सर्लाहीमा प्रेस लेखेको गाडीमा हतियार बोकेर घुमिरहेका दुइ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिष्णु गाउँपालिका ३ बस्ने २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साह रहेको प्रहरीले जनाएको छ ।

Sponsored

दुबै जना हतियारसहित घुमिरहेको सूचना आएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकलमा सवार दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, अर्को चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको डिएपी मदन कुँवले जनाकारी दिए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो ।

Sponsored

उनका अनुसार गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *