TodayPati

बाबा रामदेवको पतञ्जलीको विज्ञापनमा भारतीय सर्वोच्च अदालतले लगायो रोक

एजेन्सी-
जनकपुरधाम, फागुन १५ गते ।

योग गुरु बाबा रामदेवको पतञ्जलीको आयुर्वेद औषधि उपचार विज्ञानपमा भारतीय सर्वोच्च अदालतले रोक लगाएको छ । मंगलबार अदालतले पतञ्जलीका विज्ञापन भ्रामक भएको भन्दै स्वास्थ्य र रोगव्याध सम्बन्धी सबै विज्ञापनमाथि रोक लगाउने आदेश दिएको हो ।

अदालतले पतञ्जलीका हाल भइरहेका विज्ञापनमा रोक लगाउनुका साथै आगामी दिनमा पनि यस्ता विज्ञापन गर्न नपाउने भनेको छ । त्यस्तै पतञ्जली र कम्पनीका एमडी बालकृष्ण आचार्यलाई यसअघिको आदेश अवहेलना गरेको भन्दै पत्र पनि पठाएको छ ।

Sponsored

यसअघि नै कम्पनीलाई औषधि–उपचार हुने भन्ने खालका भ्रामक विज्ञापन नगर्न आदेश दिइएको थियो । आदेश उल्लंघन गर्दै भ्रामक विज्ञापन गरेकोबारे तीन साताभित्र जबाफ दिनु भन्दै कम्पनी र आचार्यलाई अदालतले पत्र पठाएको हो ।

अघिल्लो आदेशमा पतञ्जलीले यस्ता विज्ञापनमा रोक नलगाए कम्पनीको निरीक्षण गर्ने उल्लेख थियो । निरीक्षणमा पतञ्जलीका उत्पादनले दाबी गरेजस्तो वा मेडिकल औषधिले जस्तो काम नगरेको पाइएको खण्डमा हरेक उत्पादनमा एक÷एक करोड भारू जरिवाना गरिने चेतावनी पनि दिइएको थियो ।

तर उक्त आदेश अटेर गर्दै भ्रामक विज्ञापन प्रसारण गरिरहेकाले अदालते पतञ्जलीलाई आफ्ना विज्ञापन रोक्न आदेश गरेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *