TodayPati

जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको महोत्तरीबाट उद्धार, महिला पक्राउ

टुडेपाटी-
जनकपुरधाम, फागुन १५ गते ।

जनकपुरधामबाट बेपत्ता भएका एक वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । जनपुरधाम उपमहानगरपालिका २३ स्थित डेरा गरी बस्ने रुपेश कुमार झाको छोरा १ वर्षीय रुद्धाआंश झाको प्रहरीले सकुशल उद्धार गरेको हो ।

गत फागुन १२ गते साँझ घरको पैसेजमा खेलिरहेको बेला अपहरणमा परेका बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका ३ स्थित बिभा देवी मण्डलको साथबाट उद्धार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

Sponsored

उनका अनुसार बालक बेपत्ता भएपछि स्थानीयले दिएको जानकारी अनुसार खोजतलास गर्दा उपमहानगरपालिका २४ बस्ने ४२ वर्षीया बिभा देवी मण्डलको साथबाट बालक फेला पारेको हो । साथै बालक अपहरण गर्ने बिभा मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी प्रहरी कारबाही प्रक्रिया अघि बढाएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *