TodayPati

सर्लाही-रौतहट जोड्ने निर्माणाधीन बडहर्वा पूल अविलम्ब बनाउन माग गर्दै ३ दिनदेखि धर्ना

टुडेपाटी-
जनकपुरधाम, पुस २० गते ।

हुलाकी राजमार्ग अन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमा अलपत्र निर्माणाधीन बडहर्वा पूल अविलम्ब बनाउन माग गर्दै स्थानीयबासी तीनदिनदेखि धर्ना बसेका छन् ।

रौतहटको गौर–चन्द्रपुर सडक खण्डको बम नहरमा प्रदेश सांसद नागेन्द्र साहको नेतृतवमा स्थानीयहरु बुधबारदेखि धर्ना बसेका हन् ।

Sponsored

धर्नाको कारण पूर्व पश्चिम राजमार्ग जोड्ने गौर चन्द्रपुर सडक अवरुद्ध छन् । यथासिघ्र बागमती नदीको निर्माणधीन अलपत्र पूल अबिलम्ब निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।

दुर्गा भगवती गाउँपालिका ५ बडहर्वा स्थित बागमती नदीमा निर्माणाधीन बडहर्वा पूल बिगत १३ वर्षदेखि अलपत्र छन् । २०६७ सालमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल तथा भौतिक निर्माण तथा यातायात मन्त्री विजयकुमार गच्छदारले संयुक्त रुपमा उक्त पूलको शिलान्यास गरेका थिए ।

निर्माण कार्यले गति नलिदा स्थानीयहरु पटक पटक सम्बन्धित निकायमा ध्याणाकर्षण गराउँदै आएको प्रदेश सांसद साहले बताए । तर पनि समयमा नबन्दा बाध्य भएर स्थानीयबासी धर्ना बस्न बाध्य भएको स्थानीयले बताएका छन् ।

Sponsored

माधव कुमार नेपाल नेतृत्वकै नेकपा एकीकृत समाजवादी पार्टीका भौतिक निर्माण तथा पूर्वाधार मन्त्री रहेपनि काम अघि नबढाएको स्थानीयको गुनासो छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *