TodayPati

खसीको मासु भनि बाख्राको मासु बेच्ने गुल्जार महम्मद धनुषा प्रहरीको फन्दामा

टुडेपाटी–
जनकपुरधाम, कार्तिक १७ गते ।

खसीको मासु भनि बाख्राको मासु बेच्ने एकजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका गुल्जार महम्मद रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

बिहिबार ईलाका प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको गस्ती टोलीले क्षिरेश्वरनाथ ५ महेन्द्रनगरमा महम्मदले सञ्चालन गरेको साहिल फ्रेस हाउँसमा गई चेक जाँच गर्दा पसलको अगाडी खसीको मासुको सानो टुक्रा संगै छाला बिनाको बाख्रालाई खसीको अण्ड कोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसंगै बिक्री गर्नको लागि राखेको अवस्थामा फेला पारेको थियो ।

खशीको मासु र बाख्राको मासु नाप तौल गर्दा छाला भएको खशीको मासु २१ किलो र बाख्राको मासु ८ किलो समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *