TodayPati

मधेश प्रदेशः हत्या अरोपमा श्रीमान र सौता पक्राउ

टुडेपाटी–
पर्सा, कार्तिक १४ गते ।

पर्सा प्रहरीले एक महिलाको हत्या आरोपमा उनको श्रीमान र सौतालाई नियन्त्रणमा लिएको छ ।

छुरा प्रहार गरी कान्छी पत्नीको हत्या गरेको आरोपमा वीरगन्ज महागनरपालिका–१४ बहुअरीका ४५ वर्षीय एजहारुलहक अन्सारी र उनकी जेठी पत्नी ३८ वर्षीया नुरजहान खातुनलाई प्रहरीले पक्राउ गरेको छ ।

Sponsored

कात्तिक ४ गते राति करिब पउने ९ बजेको समयमा एजहारूलहक अन्सारीले कान्छी पत्नी २८ वर्षीया महिमा खातुनलाई घरायसी विवादका कारण कुटपिट तथा धारिलो चक्कुले छाती तथा पेटमा प्रहार गरेपछि सख्त घाइते भइ अचेत अवस्थामा उपचारको लागि वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराउँदा उपचारकै क्रममा कात्तिक ५ गते बिहान महिलाको मृत्यु भएको थियो ।

अनुसन्धानको क्रममा एजहारूलहक अन्सारीको दुई वटा पत्नी रहेको र कान्छी पत्नी महिमा खातुनलाई घरायसी विवादका कारण ससुरा ६५ वर्षीय फजल करिम मिया, सासु आमा ६३ वर्षीया सरिफन खातुन र सौता नुरजहान खातुन समेतले कुटपिट गरेको र पति एजहारूलहक अन्सारीले धारिलो हतियार छुरा प्रहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

सोमबार साँझ आरोपितहरुलाई पर्सा प्रहरीले सार्वजनिक गरेको हो । फरार रहेका ससुरा फजल करिम र सासु सरिफन खातुनको खोजतलास भइरहेको उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *