धनुषामा अबैध रुपमा बालुवा उत्खनन् गर्ने ७ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा
टुडेपाटी–
जनकपुरधाम, कार्तिक १ गते ।
धनुषा प्रहरीले अबैध रुपमा बालुवा उत्खनन् गर्ने ७ वटा टयाक्टरलाई नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान साढे ९ बजेको समयमा क्षिरेश्वरनाथ नगरपालिका ७ जलाद खोला र औरही खोलामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले खोलाहरुमा अबैध रुपमा बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले ज १ त ३८६९, ज १ त ९३२३, प्र २–०२–००१ त १४४५, ज १ त ९६३५, प्र २–०२–००१ त ०२४५ र एउटा अनटेस्ट ट्याक्टरहरु बालुवा लोड भएको र ज २ त १९९ नं को ट्रयाक्टर बालुवा लोड नभएको गरी ७ वटा ट्याक्टरहरु नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।