TodayPati

महोत्तरी प्रहरीद्वारा ५९ लाखभन्दा बढीको सामान बरामद

टुडेपाटी-
महोत्तरी, असोज २२ गते ।

महोत्तरी प्रहरीले भन्सार छली गरेर ल्याएको ५९ लाखभन्दा बढीको सामान बरामद गरेको छ ।

शुक्रबार दिउँसो बर्दिबास नगरपालिका १४ ट्राफिक कार्यालय अगाडी पुर्व पश्चिम राजमार्ग हुदै ट्रकमा भन्सार छली चोरी निकासी गरि बिभिन्न किसिमका सामानहरु ल्याउदै गरेको सूचनाको आधारमा सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले बा ५ ख ८३८६ नम्वरको मिनी ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकबाट सुटको कपडा ३१०१ पिस, साडी ११९ पिस र बिभिन्न किसिमको कस्मेटिक क्रिमहरु भएको काटुन १८९ थान गरि अन्दाजी ५९ लाख १० हजार ६ सय बराबरको बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।

यस्तै,  ट्रकको अन्दाजी २० लाख र ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ०३ वस्ने ४५ वर्षीय सुरेश बललाई प्रहरीले नियन्त्रणमा लिई तत्काल जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी उक्त नम्वरको ट्रक र ट्रक चालक सहित आवश्यक कारबाहीको लागी जलेश्‍वर भन्सार कार्यालय मलिवारा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *