TodayPati

एकला छोरा आनन्द इजरायलमा ढलेको खबरले विक्षिप्त परिवार

टुडेपाटी-
जनकपुरधाम, असोज २२ गते ।

इजरायलमा हमास लडाकूको आक्रमणमा छोरा आनन्द मारिएको खबर सुनेदेखि सोमन साहको परिवार मुर्छित छन् । अलि होस् आउँदा उनी छाती ठोक्दकै बिलाप गर्छन् ‘हौ वौवा आब केना हमर दुःखके दिन दुर हेतै हौ, केकरा देखक धिरज धरव रे बाबु !’ बेला बेला दाँती लाग्दा छरछिमेकले छुट्टाउँथे, टाउकोमा पानी हाल्थे । सहानभूति दिँदै सम्झाउने र सुताउने प्रयास गर्थे । छेउमै ७० वर्षीया हजुर आमा बसमतिया देवी, आमा शुभकली र माहिली बहिनी सरस्वती अचेत थिइन् । सरस्वतीको उपचार चल्दै थियो । रुदाँरुदैँ जेठी बहिनी सुनिता र कान्छी आरतीको आँसु सुकिसकेको छ ।

आज बिहानै ७ बजे यो दृश्य धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीका २५ वर्षीय आनन्द साहको घरपरिवारको । पढ्न गएका सोमनका क्एक्कला छोरा आनन्द शनिबार हमास लडाकूको आक्रमणमा ढले । उनको आइतबार साँझ अनन्दको मृत्युको खबरले उनको परिवारजन मुर्छित भइ ढलेका छन् ।

Sponsored


कोही बोल्ने अवस्थामा छैनन् । रातिदेखि नै उनको आएर सान्त्वना दिन आउने र जाने छरछिमेक गाउँसमाज आफन्तको ताँती लागेको छ ।
चार सन्तान मध्ये सोमनका एकला छोरा थिए आनन्द । आनन्दलाई पढाउन सोमन १० वर्ष खाडीमूलुकमा पसिना बगाए । अब इजरायलबाट पढाइ सकेर फर्केपछि बिहेवारी गरेर घरको जिम्मेबारी आनन्दलाई सुम्पने योजनामा थिए बुबा सोमन ।

टाँसिएरै घर रहेका छिमेक काका पर्ने मिथिलेश साहका अनुसार आनन्द जनकपुरकै एन्जल्स बोर्डिंग स्कुलबाट एसएलसी पास गरेका थिए । जनकपुरकै मिट कलेजमा विज्ञान विषय लिएर प्लसटु पास गरी सुदुर पश्चिम विश्वविद्यालय अन्तर्गत टिकापुरको टिकापुर मल्टिपल क्याम्पसमा एग्रिकल्चरमा बीएससी पढे । टिकापुरमा बसेर अन्तिवर्ष पढाई सकाएका उनलाई अभ्यासका लागि कलेजले नै पठाएको थियो ।
बहिनीहरुसंग रक्षबन्धन पर्व हाँसी खुसी मनाएका आनन्द सबै अरआफन्त, छिमेक, इष्टमित्रलाई भेटेर भदौ २७ गते आफूभन्दा जेष्ठबाट आशिर्वाद थाप्दै घरबाट हाथ हल्लाउँदै इजरायलका लागि प्रस्थान गरेका थिए ।

दैनिक कुराकानी गर्ने गरेका थिए । शुक्रबार राति ८ बजेतिर घरपरिवारको अन्तिम कुराकानी भएको थियो । आनन्दले भिडियो कल गर्दा बुबा सोमन बाहिर थिए । आमा र बहिनीहरुसंग लामै कुराकानी भएको थियो । माहिली बहिनी सरस्वतीले आफ्नो खुट्टा अलि सुन्निएको भनेकी थिइन् । उनलाई राम्रो डाक्टरसित देखाएर राम्ररी उपचार गराइदिन आमालाई आनन्दले आग्रह गरेको र पछि बुबासित कुरा गर्ने भनी फोन राखेको काका मिथलेसले सुनाए ।

Sponsored

शनिबार इजरायलमा आक्रमण भएको र केही नेपाली पनि मारिएको खबरले घरपरिवार बेचैन बनेको थियो । आनन्दलाई दिनभर घरपरिवार आफन्तले फोन गरिरहे । ‘मोबाइलमा रिंग जान्थ्यो तर । फोन उठेन । हिजोसम्म फोन गइनै रहेको थियो’ आनन्दको दाई पर्ने रामइश्वर साहले सुनाए । यसले घरपरिवारमा थप बेचैन बनेको थियो । आनन्द पढ्ने कलेजमै उनको बहिनी पर्ने रिमा साह पनि पढ्छिन् । उनीसित घरपरिवारको कुरा हुन्थ्यो । तर आनन्दको फोन नउठ्दा घरपरिवारसंगै छिमेक डराएका थिए ।

दाई रामईश्वरका अनुसार बहिनी पर्ने रिमाले आइतबार बिहान ५ बजे आनन्दको मृत्यु भइसकेको आशयको फोन परिवारजनलाई गरेकी थिइन् । तर परिवारमाथि आघात पुग्न सक्छ भनेर उनले आनन्दको परिवारलाई घाइते भएको रउपचार हुँदै छ भनेर मात्र भन्न आग्रह गरेकी थिइन् । दिनभरि आनन्द जिउँदो छ, बाँच्न सक्छ भन्ने झिनो आशा थियो । तर साँझ ६ बजे परराष्ट्र मन्त्रालयले मतृक र घाइतेको विवरण सार्वजनिक गरेपछि आनन्दको परिवारको धैर्यताको बाँध टुटेको छ ।

इजरायल जानु अघि हजुर आमा बसमतियाले घर बनाउ, बिहे गरेर बुहारी भित्र्याउ, हेर्ने मेरो ठूलो धोको छ भनेकी थिइन् आनन्दलाई । ‘म पढाई सकेर चाँडै घर फर्केपछि ठूलो घर बनाउँछु । अनि विहे गरेर बुहारी भित्र्याउँछु । चिन्ता नलिनुस् । तबसम्म बाँचिरहनु दादी भनेर आश्वासन दिएका थिए’ हजुर आमा र नातिको आफ्नै अगाडी भएको विगतको सम्वाद काका मिथिलेशले सुनाए ।

आनन्दको मृत्युले परिवारमा ठूलो बज्रपात भएको छ । गाउँसमाज शोकमा डुबेका छन् । अब घरपरिवार र समाजलाई अब आनन्दको प्रार्थिव शरीर हेर्न बेग्र प्रतिक्षामा छन् । समाजसेवी भावना बोका आनन्द भविष्यमा अक्सिजन फैक्ट्री, सुविधासम्पन्न हस्पिटल खोलेर समाजको सेवा गर्ने सपना बोकेका थिए । काका मिथिलेका अनुसार रमदैयाको जानकी मेडिकल कलेज नजिक बुबा सोमनले पाँच कठ्ठा जति जग्गा जोडेका छन् । त्यहाँ अझै जग्गा जोडर भविष्यमा सुविधासम्पन्न हस्पिटल खोल्ने सोँच उनले घरपरिवारसहित शुभचिन्तकलाई सुनाउथे ।

जुन कुरा उनले आफ्नो सामाजिक संजाल फेसबुकको कभर फोटोमा हस्तिलिखित पानामा लेखेर दुईवर्ष अघि राखेका थिए । त्यसमा उनले आफ्नो जीवनमा एक करोड विरुवा रोप्ने संकल्पसहित अक्सिजन फैक्ट्री र सुविधासम्पन्न हस्पिटल खोल्ने संकल्प गरेका छन् । यो संकल्प मातृभाष मैथिलीमा र अंग्रेजीमा कागजको पानामा लेखेर २ चैत २०७८ मा वुद्धजयन्तीको दिन गरेका थिए । जुन आफ्नो फेसबुकको कभर पेजमा राखेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *