मधेश प्रदेशः दुर्लभ मानिएको निल गाई मृत भेटियो
टुडेपाटी–
सिरहा, असोज १० गते ।
दुर्लभ मानिएको निल गाई सिरहामा मृत अवस्था भेटिएको छ ।
जिल्लाको औरही गाउँपालिका ३ धानखेतमा निल गाई मृत अवस्था भेटिएको जिल्ला वन कार्यालय लहानका प्रमुख सुजित कुमार झाले जानकारी दिए ।
मुखबाट रगत बगेको अवस्थामा मृत भेटिएको निल गाईको कसैले सिकार गरेको हो कि भन्ने समेत आशंका गरिएको छ ।
सेवा कार्यालय सिरहाका चिकित्सकले भने सरुवा रोगका कारण नीलगाईको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको झाले जानकारी दिए ।
वन्यजन्तु चोरी सिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाही हुने उनले बताए ।
Sponsored
वन्यजन्तु संरक्षण ऐन २०२९ मा व्यवस्था अनुसार कसुर प्रमाणित भए ६ महिनादेखि १५ वर्षसम्म कैद र १० हजारदेखि १० लाखसम्म जरिवाना हुने छ ।