दुई समुदायबीचको विवाद समाधान गर्न सर्वदलीय बैठक
टुडेपाटी–
सर्लाही, असोज ५ गते ।
सर्लाहीको मलंगवामा दुई समुदायबीचको विवाद चर्किएर अप्रिय अवस्थाको सिर्जना भएपछि अवस्थालाई सामान्य बनाउन सर्वदलीय बैठक बसिरहेको छ ।
कृष्ण जन्मास्ष्टमीको दिनदेखि भएको विवाद अझै साम्य नभएपछि स्थानीय प्रशासनले गएरातिदेखि मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
कफ्र्यु आदेशकाबीच शुक्रबार प्रदर्शनकारीले सिडिओ कार्यालय कार्यालय घेराउ गरी ढुुङ्गामुढा गरेका छन् ।
यसैबीच सहायक सिडिओ होमप्रसाद घिमिरेका अनुसार अवस्थालाई सामान्यीकरण गर्न सिडिओ कार्यालयमा सर्वदलीय बैठक जारी हो । बैठकबाट सबै पक्ष सहमतिमा आउने उनले विश्वास व्यक्त गरे ।
Sponsored