मधेश प्रदेशः पोखरीमा डुबेर ८ वर्षीय बालकको मृत्यु
टुडेपाटी–
सप्तरी, असोज २ गते ।
सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सोमबार सप्तरीको राजबिराज नगरपालिका ९ मलेठ स्थित आफ्नो नानाको घरमा आएका सुनसरीको कोशी गाउँपालिका ५ दुधगत बस्ने बिन्देश्वर यादवको ८ वर्षीय छोरा आशिष कुमार यादवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नानाको घरमा आएका बालक घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका थिए ।
उपचारका लागि बालकलाई गजेन्द्र नारायण सिंह अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Sponsored