TodayPati

प्रदेश २ : घाँटी रेटेर फेरी एक पुरुषको हत्या, लकडाउनमा हत्या हुनेको संख्या दर्जन पुग्यो

टुडेपाटी-
जनकपुरधाम, वैशाख ३० गते ।

सिरहामा लकडाउनमै फेरी एक जनाको हत्या भएको छ । लहान नगरपालिका वडा नम्बर १७ स्थित गोविन्दपुरमा घाँटी रेटी हत्या गरिएको शव भेटिएको प्रहरीले जनाएको छ ।

४५ वर्षीय स्थानीय सफिद मियाँको हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनको शव पोष्टमार्टमकालागि अस्पताल पठाइएको छ ।

Sponsored

हत्या किन र कसले गरेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लकडाउनकै अवधिमा यसअघि प्रदेश २ मा ११ जनाको हत्या भएको थियो ।

यो घटनासँगै फागुन ११ गते यता प्रदेशमा हत्या हुनेको संख्या १२ पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *