TodayPati

कोरोना संक्रमित विश्वभर १५ लाख मानिस उपचारपछि निको

टुडेपाटी-

काठमाडौं, वैशाख ३० गते ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको संख्या ४२ लाख ५० हजार नाघेको छ । कोरोना संक्रमित १५ लाखले सफल उपचार पाएका छन् भने २ लाख ८७ हजारले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश वृद्धवृद्धा छन् ।

Sponsored

मंगलबार बिहानसम्ममा अमेरिकामा संक्रमित संख्या १३ लाख ८५ हजार नाघेको छ भने मृतक संख्या ८१ हजार ७९५ पुगेको छ । कुल संक्रमितको एक तिहाइ अमेरिकामै छन् ।

२४ घण्टामा विश्वभर ७४ हजार २२८ नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ४०३ जनाको मृत्यु भएको छ । अमेरिकामा मात्रै १८ हजार नयाँ संक्रमित थपिएका छन् । त्यस्तै १ हजार ८ जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ भने २ हजार २९४ जनाको मृत्यु भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *