TodayPati

मधेश प्रदेश : ट्रकको ठक्करबाट एकजनाको मृत्यु, चालकले ब्याक गरेर किचेको भन्दै कुटे स्थानीय

टुडेपाटी-
रौतहट, भदौ ३० गते ।

रौतहटमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

जिल्लाको फतुवा विजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा शुक्रबार ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनालगत्तै जानाजानी ट्रक चालकले ब्याक गरेर किचेको भन्दै स्थानीयले चालकलाई कुटपिट गरेका छन् ।

Sponsored

त्यसपछि प्रहरीसँग स्थानीय प्रदर्शनकारीको झडपसमेत भएको थियो । स्थिति तनावग्रस्त बनेपछि सदरमुकाम गौरबाट प्रमुख जिल्ला अधिकारी सहितको टोली पुगेर स्थिति साम्य पारेको थियो ।

सिमेन्ट झारेर निजगढतर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले ना ५१ पा ४९४१ को मोटरसाइकललाई ठक्कर दिँदा चालक फतुवा बिजयपुर–१ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

स्थानीयको कुटपिटबाट घाइते ट्रक चालक पोखरेललाई उपचारका लागि वीरगन्ज अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *