TodayPati

बारामा पत्रकारलाई हातपात गर्ने दुईजनालाई थुनामा राख्न अनुमति

टुडेपाटी-

बारा, वैशाख २९ गते ।

बारामा पत्रकारलाई हातपात गर्ने दुईजनालाई प्रहरीले पक्राउ परेका छन् । तराई मधेश दैनिकका प्रकाशक पवन यादवलाई हातपात गर्ने छोटु भन्ने इरफान मन्सुर र नारायण सराफलाई पक्राउ गरेका हुन् ।

Sponsored

प्रकाशक यादव आइतबार राति साढे ८ बजेतिर बाराको कलैया उपमहानगरपालिका २ स्थित कलैया पिलुवा सडक खण्ड अन्तर्गत महाबिर मन्दिर अगाडि मोटरसाइकल चढी घरतर्फ गइरहेका थिए ।

पक्राउ परेका दुवैलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *