TodayPati

कर्णाली प्रदेश अनिश्चितकालका लागि सिल

टुडेपाटी-

वीरेन्द्रनगर, वैशाख २९ गते ।

कर्णाली प्रदेश अनिश्चितकालका लागि प्रदेश सिल भएको छ । प्रदेश सरकारले अनिश्चितकालका लागि प्रदेश सिल गर्ने निर्णय गरेको हो ।

Sponsored

प्रदेश विपद व्यवस्थापन समितिको बैठकले प्रदेशलाई अनिश्चितकालसम्मका सिल (नाकाबन्दीं) यथावत् राख्ने निर्णय गरेको समितिका सदस्य तथा प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

‘छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित बढ्दै जाँदा कर्णालीमा थप जोेखिम बढेको छ,’ केसीले भनिन् ‘अर्को निर्णय नभएसम्मका लागि नाकाहरु यथावत् रुपमा बन्द नै रहनेछन् ।’

यद्यपि नियन्त्रित रुपमा दैनिक उपभोग्य वस्तु, चामल, दाल, नुन, तेल, चिनी, ग्यास, डिजेल र बिउ, बिजन, बेर्ना, माछाका भुरा, मल, दाना र अत्यावश्यक कृषि उपकरण भने आयात गर्न पाइने भएको छ । यसअघि दैनिक उपभोग्य वस्तुहरुमा पनि आयात रोकिएको थियो ।

Sponsored

त्यस्तै तत्काल बाहिरबाट आएर प्रदेशको सीमामा अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला र पालिकामा पठाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने भएको छ ।

बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई प्रदेशमा आउन सहज गराइने भएको हो ।

नेपालगञ्जमा कोरोना संक्रमित भेटिएसँगै गत २२ गतेदेखि कर्णालीका नाकाहरु बन्द छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *