TodayPati

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ८१ हजार नाघ्यो

टुडेपाटी-

काठमाडौं, वैशाख ३० गते ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार नाघेको छ ।

Sponsored

अमेरिकामा सङ्क्रमितको संख्या पनि झण्डै १४ लाख पुगेको छ । अमेरिकामा अहिलेसम्म १३ लाख ८५ हजार ३ सय ५९ जनालाई सङ्क्रमण भएको छ भने ८१ हजार ७ सय ६९ जनाको ज्यान गएको छ । अमेरिकामासङ्क्रमितमध्ये दुई लाख ६० हजार ६ सय ३८ जना उपचार पछि निको भएका छन् ।

अमेरिकाको न्यूयोर्कमा मात्रै ३ लाख ४७ हजार १ सय ५१ सङ्क्रमित छन् । त्यहाँ २७ हजार भन्दा धेरैको ज्यान गएको छ । यस्तै न्यूजर्सीमा एक लाख ४१ हजार एक सय ३७ जना सङ्क्रमित छन् भने ९ हजार ३ सय ४१ जनाको ज्यान गएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *