TodayPati

प्रदेश २ मा लकडाउनमा पनि रोकिएन अपराध, ११ जनाको हत्या, ५७ आत्महत्या र १७ बलात्कृत

टुडेपाटी-
जनकपुरधाम, वैशाख २९ गते ।

कोभिड–१९ (कोरोना भाइरस) महामारीले मुलुक अक्रान्त भएको बेला प्रदेश २ मा अपारधिक कृयाकलाप घटेको छैन् । लकडाउनमा समेत प्रदेश २ का जिल्लाहरुमा हत्या, हिंसा बलात्कार, सार्वजनिक अपराध लगायतका अपराध बढेकै देखिएको छ ।

प्रदेशभरमा लकडाउन सुरु भएको गत फागुन ११ गतेयता हालसम्म ११ जनाको हत्या भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार सबैभन्दा बढी पर्सामा पाँच जनाको हत्या भएको छ ।

Sponsored

महोत्तरीमा दुई जना, सप्तरी, धनुषा, रौतहट र बारामा एकरएक जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी जयराज सापकोटाले जानकारी दिए ।

उनका अनुसार लकडाउनको अवधिमा प्रदेश २ मा ११ जनाको हत्या प्रयास समेत भएको छ । धनुषा र सर्लाहीमा तीन–तीन, पर्सामा दुई, सप्तरी, रौतहट र बारामा एक–एक जनाको हत्या प्रयास भएको भन्दै प्रहरीमा ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दायर भएको छ ।

यो अवधिमा भवितव्य ज्यान शीर्षकामा प्रदेश २ मा ३२ वटा मुद्दा दर्ता भएका छन् ।
यस्तै, फुटकर ज्यान सम्बन्धी पाँचवटा मुद्दा दर्ता भएकोमा ३ वटा सप्तरीमा र धनुषा र बाराका एक–एक वटा मुद्दा रहेको प्रहरीले जनाएको छ ।

Sponsored

यस्तै डेढ् महिनाको अवधिमा महिला र बालबालिकामाथि हुने हिंसा र अपराधका घटनामा समेत प्रदेश २ मा कमी आएको छैन ।

प्रहरीको तथ्यांकमा यो अवधिमा १७ वटा बलात्कार र दुईवटा बलात्कार प्रयासका घटना भएका छन् भने एउटा बाल यौनदुराचारको घटना भएको छ ।

बलात्कारका सबैभन्दा धेरै बारा ५ वटा घटना भएका छन् ।
बारा जिल्लामा जबरजस्तीकरणी तथा गर्भपतन शीर्षकमा एउटा मुद्दा दर्ता भएको प्रद्श प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै लकडाउन लगाइएको डेढ् महिनाकै अवधिमै प्रदेश २ मा ५७ जनाले आत्महत्या गरेका छन् ।

सबैभन्दा धेरै सिरहा र बारामा आत्महत्या भएको तथ्यांक प्रहरीसँग छ । यी दुई जिल्लामा १०र१० जनाले आत्महत्या गरेका छन् । धनुषामा ९ जना, सर्लाही र रौतहटमा ७र७ जना, पर्सामा ६, सप्तरीमा ५ र महोत्तरीमा ३ जनाले आत्महत्या गरेका छन् ।

५७ जना मध्ये ती मध्ये ५३ जनाले झुण्डिएर, ३ जनाले विष सेवन गरेर र एक जनाले हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

लकडाउनलाई कडाई गर्न सीमा क्षेत्रदेखि गा्रमीण क्षेत्रसम्म सुरक्षा व्यवस्था कडाई गरिएको छ । तर, स्ुरक्षाकर्मीलाई छलेर लागूऔषध कारोबार भइरहेको छ ।

लकडाउनको डेढ महिना अवधिमा प्रदेश २ का आठ जिल्लामध्ये सात जिल्लाबाट लागूऔषधसहित मानिसहरु पक्राउ परेका छन् ।

यो अवधिमा ३४ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । सबैभन्दा बढी सिरहामा १० वटा, धनुषामा ८, सर्लाहीमा ५, पर्सामा ४, महोत्तरीमा ३ तथा सप्तरी र बारामा २र२ वटा मुद्दा दर्ता भएका छन् ।

प्रदेशमा लकडाउनको समयमा सामाजिक अपराध रोकिन सकेको छैन् । सामाजिक अपराध अन्तर्गतको विभिन्न शीर्षकमा ८४ वटा मुद्दा दर्ता भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *