TodayPati

महोत्तरी युवा सञ्जालद्वारा हरियो गौशाला बनाउने अभियानको निरन्तरता

टुडेपाटी–
महोत्तरी, भदौ ९ गते ।

गौशाला नगरपालिकालाई हरियो गौशाला बनाउने तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यको साथ वृक्षारोपन तथा पर्यावरण संरक्षण अभियान सञ्चालन हुँदै आएको छ । सोही अभियानको निरन्तरता दिदै यस बर्ष पनि बृहत् वृक्षारोपन तथा निःशुल्क बिरुवा बितरन कार्यक्रम गरिरहेको छ।

गौशाला नगरभरी सार्वजनिक स्थलहरु, बाटो ,कृषि बाटो, विधालय ,मठमन्दिर तथा बाझो खेत वा खोला किनारमा रोप्न किसानहरुलाई विभिन्न किसिमको बोट–बिरुवाहरु बितरन गरिने सञ्जालका केन्द्रीय सदस्य भरत महतो कोइरीले बताए ।

Sponsored

उनका अनुसार नगरभरिको युवा क्लब तथा समाजिक संघ संस्थाहरुसँग सहकार्य गरी यसवर्ष गौशाला नगरभरिमा २५ हजार बोटबिरुवा रोपिने छ ।

बिभिन्न्न प्रजातिका बोटबिरुवाहरु जस्तै बेल ,इमली, तेजपात(पत्रक), गुलमोहर, करौना, मलेसियन सखुवा, सिसो,पारिजात(सिङ्रहार), अमला,अम्बालगायतका विरुवाहरु वितरन भइरहेको सञ्जालका गौशाला कार्यसमिति अध्यक्ष राजिव साहले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *