महोत्तरीमा बसको ठक्करबाट एक जनाको मृत्यु
टुडेपाटी–
महोत्तरी, भदौ ७ गते ।
महोत्तरीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
जिल्लाको जलेश्वर नगरपालिका ९, प्रकौलीमा मिट क्याम्पस जनकपुरको बसको ठक्करबाट स्थानीय ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको छ ।
ज ८ प ९२६७ नम्बरको मोटरसाइकलमा जनकपुरधामतर्फ जाने क्रममा विपरीत दिशाबाट आएको बा २ क १५३६ नम्बरको क्याम्पसको बसले ठक्कर दिएको थियो ।
बिहान साढे ११ बजे भएको दुर्घटनामा घाइते भएका सन्तोषलाई उपचारका लागि जलेश्वर प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मृतकका आफन्त र स्थानीय बासिन्दाले सडकमा अवरोध पुर्याएर प्रदर्शन गरेका छन् ।
Sponsored
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर राखिएको छ ।
चालक फरार रहेको महोत्तरी प्रहरीले जनाएको छ । बस भने प्रहरीको नियन्त्रणमा रहेको छ ।