TodayPati

वीरगञ्जका पत्रकार यादव रिहा

टुडेपाटी-

वीरगन्ज, वैशाख २८ गते ।

वीरगंजका पत्रकार तिवारी यादवलाई प्रहरीले रिहा गरेका छन् ।

Sponsored

लकडाउन अवज्ञा गरेको भन्दै वडा प्रहरी कार्यालय विर्ताको टोलीले बसपार्क–घण्टाघर लिंकरोडको कुमु प्यालेस होटल अगाडी रहेको नारायणी एफएमको मुल गेटबाट उनलाई पक्राउ गरेको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा केहिबेर राखेर रिहा गरेको पत्रकार यादवले सामाजिक संजालमार्फत जानकारी दिएको छ ।

नारायणी एफएम र नयाँ पत्रिकाका पर्सा संवाददाता यादव एफएममा समाचार रिपोर्टिङपछि कार्यालय प्रवेश गर्ने क्रममा दिउँसो उनलाई दुई वटा भ्यानमा आएका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर गाडीमा हाली जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको एफएमका प्रमुख प्राविधिक दिपेन्द्र साहले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *