तरकारी उखेलेर फालेपछि जानकी मन्दिरको फूलवारीमा फूल रोपियो
टुडेपाटी-
जनकपुरधाम, साउन १९ गते ।
महन्थले रोपेको तरकारी युवाहरुले उखेलेको जानकी मन्दिरको फूलबारीमा फूलका विरुवाहरू रोपिएको छ । जनकपुरियन लेडिज ग्रुपको पहलमा बिहीबार विभिन्न प्रजातिका फूलको विरुवाहरु रोपिएको हो ।
बेलपत्र, चन्दन, धुपी, रबर प्लान्ट, सम्मीलगायतका १०१ वटा विरुवा पनि रापिएको बताइएको छ । विरुवाहरू मधेश प्रदेश वन डिभिजन कार्यालयका अधिकृत सुरेश शर्माले उपलब्ध गराइदिएका थिए ।
फूल रोप्ने कार्यक्रममा जानकी मन्दिरका सहायक महन्थ रोशन दास, जनकपुरियन लेडिज ग्रुपका प्रतिनिधिहरु, अभियानी युवा, सुरक्षाकर्मीलगायतको सहभागिता थियो ।
फूलवारीमा महन्थले लगाएको तरकारी केही दिनअघि जनकपुरधामका युवा अभियानीहरूले उलेखेका थिए ।