TodayPati

जनकपुरका सबै निजी हस्पिटललाई बिरामीसंग लिइने उपचार शुल्क विवरण बुझाउन निर्देशन

टुडेपाटी-
जनकपुरधाम, साउन १७ गते ।

जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेका निजी हस्पिटल लगायत स्वास्थ्य संस्थाहरुलाई सेवाग्राहीसंग लिइने शुल्क विवरण बुझाउन भनेको छ ।

उपमहानगरपालिकाका बरिष्ट उपसचिव मिहिलाल यादवले एक सूचना जारी गर्दै पाँच दिन भित्र सेवाग्राहीसंग लिइने शुल्क विवरण बुझाउन जानकारी गराएका हुन् ।

Sponsored

‘प्रस्तुत विषयमा यस उप–महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सम्पूर्ण निजी स्वास्थ्य संस्थाहरुले सेवाग्राहीसँग लिइने सम्पूर्ण शुल्कहरु ५ (पाँच) दिन भित्र लिखित पत्र सहित पेश गर्नुहुन जानकारी गराइन्छ ।’ सूचनामा उल्लेख छ ।

जनबकपुरधाम उपमहानगरपालिका भित्र संचालित अधिकांश हस्पिटलले मनोमानी उपचार शुल्क अशुल्ने गरको व्यवाप्त जनगुनासो छ । तर यसलाई सम्बन्धित निकायले लगाम कस्न सकेको छैन ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *