TodayPati

भाषा साहित्य तर्फ विद्यापति पुरस्कार अयोध्यानाथ चौधरीलाई

टुडेपाटी–
जनकपुरधाम, असार २६ गते ।

विद्यापति पुरस्कारको दुई लाख राशीको भाषा साहित्य पुरस्कार साहित्यकार अयोध्यानाथ चोधरीले पाएका छन् ।

मंगलबार विद्यापति पुरस्कार कोषले दुई लाख राशीको भाषा साहित्य पुरस्कार चौधरीलाई प्रदान गरेका छन् ।

Sponsored

यस्तै, एकलाख बराबरको अनुवाद पुरस्कार रमेश कुमार यादव, पाण्डुलिपि पुरस्कार महेन्द्र कुमार मिश्रलाई प्रदान गरेको छ भने कला संस्कृति पुरस्कार आभाष लाभ र वैद्यनाथ पटेललाई प्रदान गरेको छ ।

पुरस्कार अर्पण समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले महाकवि विद्यापति मैथिली साहित्यको क्षेत्रमा नेपाल र भारतको सांस्कृतिक पुलको रुपमा रहेको बताए ।

उनले विद्यापति मिथिला क्षेत्रमा जन्मेको र हाल सो स्थान भारतको विहारमा रहेपनि विद्यापतिमाथि आफुहरुको पनि त्यतिनै अधिकार रहेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *