जनकपुरका समाजसेवी गुप्ताद्वारा रमजानमा गरिब मुस्लिमलाई सहयोग
टुडेपाटी-
जनकपुरधाम,वैशाख २५ गते ।
हाम्रो समाजमा जातिवाद, नातावाद कृपयावाद भावना व्याप्त रहेको समयमा लकडाउनले समस्यामा परेका जनकपुरका एक युवा समाजसेविले रमजान पर्व मनाउन मुस्लिमका व्यक्तिलाई सहयोग गरेका छन् ।
लकडाउनका कारण दैनिक ज्यालादारी गरि घरपरिवारका जोहो गर्ने सात जना विपन्न मुस्लिम समुदायका व्यक्तिलाई जनकपुरका युवा व्यपारी तथा समाजसेवि अर्जुण गुप्ताले सहयोग खाद्यन्न तथा केहि नगद सहयोग गरेका हुन् । गुप्ताले सबैलाई ५ किलो चामल,दाल, प्याज,मटर, चाना, तेल र चिनि १÷१ किलो, आलु २ किलो, चियापति र ४ नाथ च्याच्याउका पाकेट सहयोग गरेका हुन् ।
रमजानमा ईफ्तारदेखि सेहरी सम्मको लागि यि खाद्यन्नहरु सहयोग गरेको छौ, गुप्ताले भने,‘ यसका वाहेक तरकारी लगायतका लागि केहि रकम पनि उपलब्ध गराएका छौ ।’ समाजसेविको लागि कुनै जात धर्मले महत्व राख्दैन, उनले भने,‘ रमजान मुस्लिमको लागि धेरै ठुलो पर्व हो, यो पर्वमा गरिव विपन्नलाई थौरै भएपनि सहयोग गर्न पाउदाँ सुखि भईरहेको छ ।’
नेपाल सर्जिकल व्यवसायि संघ जनकपुरका उपाध्यक्ष समेत रहेका गुप्ताले जानकी वृद्धाआश्रम, बाल अनाथ आश्रम लगायतका सहयोग गरेका थिए ।