TodayPati

महोत्तरीबाट स्रोत नखुलेको १० लाख ३० हजार रुपैयाँसहित भारतीय युवक पक्राउ

टुडेपाटी–
जनकपुरधाम, असार २२ गते ।

स्रोत नखुलेको १० लाख ३० हजार रुपैयाँसहित महोत्तरी प्रहरीले एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ।

बिहीबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. ३ स्थित भिठ्ठामोडबाट जलेश्वरतर्फ आउँदै गरेको बिआर ३० ड्ब्लु ५३५२ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Sponsored

पक्राउ पर्नेमा भारत बिहार प्रान्त जिल्ला सितामढी थाना सुरसण्ड ग्राम सिखण्डी भिठ्ठामोड ५ बस्ने २० वर्षीय चन्दनकुमार साफी रहेकोे प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।

बरामद भएको रुपैयाँ तथा मोटरसाइकल सहित साफीलाई आवश्‍यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बारा पठाउने प्रकृया भइरहेको प्रवक्ता गिरीले जानकारी दिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *