ठगी मुद्दामा फरार प्रतिवादी साह जनकपुरबाट पक्राउ
टुडेपाटी-
जनकपुरधाम, जेठ १९ गते ।
धनुषा प्रहरीले ठगी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय पाएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने कृष्णचन्द्र साहलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार ठगी मुद्दामा जिल्ला अदालत धनुषाले साहमाथि १ लाख ८१ हजार ६१२ जरिवान र १ महिना कैद तोकिएको फैसला सुनाएको छ ।
उनलाई बिहीबार पक्राउ गरेर धनुषा जिल्ला अदालमा पेश गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।