शिक्षकमाथि कुटपिट भएपछि जनकपुरधामको संकटमोचन विद्यालय अनिश्चितकालका लागि बन्द
टुडेपाटी–
जनकपुरधाम, जेठ १६ गते ।
जनकपुरधामको संकटमोचन देवशरण रामरति माध्यमिक विद्यालय भित्र शिक्षक माथि भएको कुटपीटको घटनालाई लिएर विद्यालयको पठन पाठन अनिश्चितकालका लागि बन्द गरिएको छ ।
सो विद्यालयको निम्न माध्यमिक तहको कम्प्युटर शिक्षक अखिलेश झालाई एक समूहले योजनावद्ध रुपमा विद्यालयमा प्रवेश गरेर कुटपीट गरेकोमा दोषिहरुलाई पक्राउँ गरेर कारवाही नगरेसम्म विद्यालयको पठन पाठन ठप्प रहने विद्यालयले जनाएको छ ।
विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिको हिजो बसेको वैठकवाट दोषिलाई पक्राउँ गरेर कारवाही नगरेसम्म विद्यालयको पठन पाठन ठप्प रहने जनाएको छ ।
जनकपुरधाममा भएको सामूदायिक विद्यालयहरु मध्ये सवै भन्दा बढी विद्यार्थीहरु भएको सो विद्यालयमा आईतवार घटेको घटनाको विरोधमा शिक्षकहरुले प्रहरीमा लिखित रुपमा कारवाहीका लागि उजुरी पनि दिएको छ ।
यसैबीच नेपाल शिक्षक संघ नगर समितिले शिक्षक माथि हातपात गर्ने दोषि माथि कारवाही नभएको खण्डमा नगर भरिका विद्यालयका शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रने जनाएको छ ।
Sponsored
संघका नगर अध्यक्ष गौरी शंकरलाल कर्णले असमाजिक तथा गैर अभिभावकले आईतवार १ः३० बजे विद्यालयमा प्रवेश गरेर शिक्षक माथि हातपात गरेको जनाएको छ ।