TodayPati

राजविराजमा योग शिविरमा महिलाहरुकाे आकर्षण बढदै      

शुभ नारायण यादव-             
राजविराज, जेठ १५ गते ।

सप्तरीको सदरमुकाम राजविराजमा नियमित सन्चालित निशुल्क याेग शिबिरमा महिलाहरुकाे आकर्षण बढदै  गएकाे छ ।

पतन्जली याेग साधना केन्द्रले बिहान ५ बजेदेखि ७ बजे सम्म दुई घण्टा सम्म नियमित रुपमा निशुल्क याेग शिबिर सन्चालन गर्दै आइरहेकाे छ ।

Sponsored

महिला पतन्जली याेग समिति सप्तरीकी काेषाध्यक्ष तथा याेग शिविरकी संयाेजक बबिता देवी यादवकाे बिशेष पहलमा राजविराज स्थित राज रङ्गशालाकाे कबड हलमा सन्चालित साे शिबिरमा खासगरी स्थानीय महिलाहरुकाे आकर्षण बढेको तथा उनिहरु नियमित रुपमा याेग गराे, निराेग रहाे भन्ने उदेश्यले याेग गर्दै आइरहेकाे महिला समितिकी महामन्त्री मालती दासले बताइन ।

यसअघि विभिन्न राेगले बिरामी परेको तथा नियमित रुपमा बिहानैदेखि याेग गर्न थालेपछि आफनाे सबै राेग निकाे भएको महशुस गर्दै खुशी ब्यक्त गर्छिन शिबिरमा सहभागी अनिता शर्मा ।

उनी जस्तै अधिकांश याेगमा सहभागीहरुकाे नियमित याेग शिबिरमा सहभागी भए पछि विभिन्न राेगबाट मुक्ति पाएकाे अर्का सहभागी मुन्नु श्रेष्ठ बताउँछिन् ।

Sponsored

उक्त नियमित याेग शिबिर निशुल्क रुपमा संचालन रहेकोले सम्पूर्ण जिल्लाबासिहरुलाई सहभागी भइ मौकाकाे फाइदा उठाउनका लागि पन्तजली याेग समिति सप्तरीका अध्यक्ष राम स्वरुप चौधरीले अनुरोध गरेका छन ।

यता, साे शिwiर जिल्लाकाे सबै १८ वटे पालिकाहरुमा नियमित रुपमा सन्चालन हुदा धेरै फाइदा हुने विश्वास ब्यक्त गर्छन याेग समितिका मधेस प्रदेशका स*चार प्रभारि किसुन देव यादव । उक्त याेग शिबिर सप्तरीको सदरमुकाम राजविराज सहित जिल्लाकाे बाेदे बरसाइन , हनुमाननगर ,कन्चनपुर ,रुपनि ,खडक , तिलाठि काेइलाडि लगायतका स्थानमा सन्चालनमा रहेको तथा अगामि आर्थिक बर्षदेखि हरेक पालिकाकाे वडा वडामा सन्चालन गर्ने लक्ष्य रहेको मिडिया प्रभारि यादवकाे भनाइ रहेको छ ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *