चालु आव सकिन ४५ दिन बाँकी रहँदा पूँजीगत खर्च ३६ प्रतिशत मात्र
टुडेपाटी-
काठमाडौं, जेठ १५ गते ।
चालु आर्थिक वर्ष सकिन ४५ दिन मात्र बाँकी रहँदेको समय पूँजीगत खर्च ३६ प्रतिशत मात्रै पुगेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आइतबारसम्म पूँजीगत खर्च १ खर्ब ३६ अर्ब ८३ करोड ८ लाख रुपैयाँ मात्र भएको छ ।
यस आर्थिक वर्षमा सरकारले ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट पूँजीगत खर्च गर्ने गरी लक्ष्य राखेको थियो ।
आइतबारसम्म भएको पूँजीगत बजेट खर्च ३५.९७ प्रतिशत हो । सरकारले बजेटको लक्ष्य भेट्टाउन बाँकी ४५ दिनमा २ खर्ब ४३ अर्ब ५५ करोड ३७ लाख रुपैयाँ खर्च गर्नुपर्छ ।
यसअनुसार अब दैनिक ५ अर्ब ४१ करोड २३ लाख रुपैयाँ पूँजीगत बजेट खर्च गर्नुपर्छ ।
Sponsored
सरकारले आज आगामी आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक गर्दैछ ।