जनकपुरधामबाट करिब पौने ८ लाख नक्कली नोटसहित एक महिला पक्राउ
टुडेपाटी–
जनकपुरधाम, बैशाख १२ गते ।
जनकपुरधामबाट करिब पौने ८ लाख नक्कली नोटसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ६ की २५ वर्षीया अनुकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अनुको साथबाट ७ लाख ७१ हजार बराबरको नक्कली नोट बरामद गरिएको हो ।
उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ ।
प्रहरीको गस्ती टोलीले अनुको ब्यागमा तलाशी गर्दा नक्कली नोटहरु फेला परेको हो ।
Sponsored
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।