मधेश प्रदेश : टाउको किचिएको अवस्थामा महिलाको शव फेला
टुडेपाटी–
सर्लाही, बैशाख ११ गते ।
सर्लाहीमा टाउको किचिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
शव मागी खाँदै हिँड्ने महिलाको रहेको खुले पनि उनको नाम ठेगाना खुल्न सकेको छैन ।
लालबन्दी नगरपालिका वडा नं. ६ मधु सामुदायिक वन नजिकै भित्री सडकमा टाउको किचिएको अवस्थामा महिलाको शव बरामद भएको प्रहरीले जनाएको छ ।
लालबन्दी क्षेत्रमा मागी खाँदै हिँड्ने तराई मुलकी सो महिला राति सडकमा सुतेको बेला गाडीले किचेको हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
Sponsored