TodayPati

ग्यास सम्बन्धि सामग्रीको मर्मत सम्बन्धि दुईदिने तालिम जनकपुरमा सुरु

टुडेपाटी-
जनकपुरधाम,चैत १८ गते ।

एसी, फ्रिज, गाडीबेयर कन्डिसनसहित ग्याससंग सम्बन्धि दुईदिने तालिम जनकपुरधाममा सुरु भएको छ । गुणस्तर तथा नापतौल विभाग नेपाल र नेपाल रेफ्रिजेसिन एण्ड ईलेक्ट्रो मेक्यानिकल संघको संयुक्त आयोजनामा तालिम सुरु भएको हो ।

वातावरण सफा राख्ने, नयाँ प्रविधिसित जोड्ने, दुर्घटनाबाट जोगाउने तथा सुरक्षित बनाउने उदेश्यसहित सुरु भएको तालिममा धनुषा जिल्लाका ५० जनाको सहभागीता रहेको आयोजकले जनाएको छ ।

Sponsored

नेपाल रेफ्रिजेसिन एण्ड ईलेक्ट्रो मेक्यानिकल संघका धनुषा जिल्ला अध्यक्ष महावीर ठाकुरको अध्यक्षतामा तालिम चलिरहेको छ । तालिममा

गुणस्तर तथा नापतौल विभाग नेपालका निर्देशक किशु मानन्धर र संघका केन्द्रीय अध्यक्ष बिनोद डंगोलको तालिममा विशेष उपस्थिति रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *