TodayPati

रामनवमीको अवसरमा जनकपुरधामको मन्दिरहरुमा श्रद्धालुभक्तजनको घुँइचो

टुडेपाटी–
जनकपुरधाम, चैत १६ गते ।

रामनवमीको अवसरमा जनकपुरधामको मठमन्दिरहरूमा श्रद्धालु भक्तजनको भीड लागेको छ।

आज बिहानै देखि चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायतका मठमन्दिरमा पूजाआराधना गर्न भक्तजनको भीड लागेको हो।

Sponsored

रामनवमीमा राम मन्दिर तथा जानकी मन्दिरमा दर्शन गर्नका लागि छिमेकी राष्ट्र भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरु आएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *